आत्मबल बुलन्द छ, अवसर छैन यहाँ
प्राज्ञिकता साथमा नै छ, बुझ्ने कोहि हैन यहाँ
होइनौ हामी भिन्न तर, समाज तेदो हेर्दछ
योग्यताले गर्छु भन्छ , अवसर छैन यहाँ
गोडा, आवाज, दृश्य छैन, त के भो हामीलाई
आफ्नो बातावरण मिल्ने, अवसर छैन यहाँ
हातेमालो गर्दै छौ है , एक जुट हुनलाई
हाम्रो चाह बुज्ने केहि, अवसर छैन यहाँ
एकोहोरो रोटी पनि, कहाँ पाक्छ पकाउनु छ
साथ चाहियो समाजको, अवसर छैन यहाँ
सीता सुबेदी "प्रकृति"
२०६७/०२/२८ मा
बिहान ८ बजे बसन्तपुर, काठमाडौँ
No comments:
Post a Comment