सांचेरै लाको माया ,दिन्न भन्यौ र
मैले दे'को चोखो माया, लिन्न भयौ र
त्यसैले त न बाँच्नु, न मर्नु भाको छु
चिनिन रे मैले माया, चिन्न भन्यौ र
मैले दे'को चोखो माया, लिन्न भयौ र
के मैले पाउदिन र ? तिमीलाई आफ्नो भन्न
प्रश्न गर्यौ -त्यसै पाउछ? किन्न भन्यौ र
मैले दे'को चोखो माया, लिन्न भयौ र
आज पनि तिम्रै याद, बाँची रा'छु छटपटीमा
मलाई तिमि "प्रकृति"मा, "भिन्न" भन्यौ र
मैले दे'को चोखो माया, लिन्न भयौ र
सीता सुबेदी "प्रकृति"
२०६७/०३/०४ मा
No comments:
Post a Comment