Monday, September 13, 2010

"गजल"

मैले माया लाउछु भने, गल्ति गरे जस्तो लाग्यो /
तिम्रै घर आउछु भने, गल्ति गरे जस्तो लाग्यो //

माया गर्ने, घर आउने, मनको चाह मेरो नै हो
तिमीमा रमाउछु भने, गल्ति गरे जस्तो लाग्यो

सुरिलो सुन्छु भाका, सा, रे, ग, म, प, ध, नि, साँ
प्रित को गीत गाउछु भने, गल्ति गरे जस्तो लाग्यो

रंगिएछु म बसन्तमा, पालुवा पलाएको झैँ
उमंगले छाउछु भने, गल्ति गरे जस्तो लाग्यो

तिम्रो खुशी लुट्ने चाह, होइन मेरो कति पनि
आकाशको फल पाउछु भने, गल्ति गरे जस्तो लाग्यो

अनायासै भएको भुल, माफ गर्नु नत्र तिमीलाई
सताउनलाई धाउछु भने, गल्ति गरे जस्तो लाग्यो

तिम्रै नामको प्रतिमा यो, आकाश,पाताल,पृथिविमा
"प्रकृति" मा सजाउछु भने, गल्ति गरे जस्तो लाग्यो

सीता सुबेदी "प्रकृति"
२०६७/०३/०९ मा

No comments:

Post a Comment

अतिथिहरु