Monday, September 27, 2010

"गजल" कोसिस गरे

धन्न धन्न जिन्दगीलाई बुझ्ने कोसिस गरे
पानी बिना कल्पनामा रुझ्ने कोसिस गरे //

लरखडाउथ्यो पाइला मेरो, सम्झिएर तिमीलाई
खुशी हुँदै उमंगले, कुदने कोसिस गरे //

जति पिडा ठक्करहरु, खाए पनि जीवनमा
सँधै खुशी पाउन भनि, जुध्ने कोसिस गरे //

गल्ति मेरो यहि रहेछ, अनायासै माया गरे /
सम्झिएर भक्ति भाव, पुज्ने कोसिस गरे //

सीता सुबेदी "प्रकृति"
२०६७/०५/२४ मा

No comments:

Post a Comment

अतिथिहरु