Saturday, September 11, 2010

"प्रकृति" अनि "म"

प्रकृति" मा उम्रिएको जीव तर अजिब मान्छे हुँ
तेसैले त,
अरु भन्दा अलि भिन्न छु म
अनि
भिन्नताको बाबजुद
मान्छे सबै मलाई पागल ठान्छन //
त्येसैले ,
अब मैले कराउन छाडेको छु
गाली गर्न छाडेको छु
कसैलाई पनि वास्ता गर्न छाडेको छु
भावना नै बुज्न छाडेको छु
बरु
आफैलाई खोतल्ने प्रयास पो गर्दै छु
आफैलाई चिन्ने प्रयास पो गर्दै छु
अनिjavascript:void(0)
म भित्रको म लाई अझै खोज्दै छु
आफु भित्र कतै लुकेको छ कि भनि
कसैले लागि दियो कि भनि
तर
म मेरो म बाट मेरो आफ्नो पनलाई
छुटिन भने दिने छैन
सीता सुबेदी "प्रकृति"
२०६७/०२/२६ मा

No comments:

Post a Comment

अतिथिहरु