Saturday, September 11, 2010

"गजल "

भरोसा कहाँ छ र ठाडो जिन्दगीको ?
संधै भरि आँसु झर्ने काँडो जिन्दगीको ///

जता ततै दुखै सम्झन्छु जहिले पनि
मन सधै यता उता भाँडो जिन्दगीको //

न छ कोहि साथ मेरो दुख सुख बाड्न
के पिर गरौ र खोइ घाँडो जिन्दगीको //

अब त एस्तो लाग्छ संसारमा पनि
बिदा बादी गर्न पाए चाँडो जिन्दगीको //

सीता सुबेदी "प्रकृति"
२०६७/०२/२६ मा

No comments:

Post a Comment

अतिथिहरु