सम्झनामा हजुरकै बसिरा"छु आजको दिन
राग रङ्ग हजुरकै घसिरा "छु आजको दिन
कल्पना यो मन भित्र, बाँध फुट्न लागेसरी
रक्त संचार नशामा पसिरा "छु आजको दिन
गडयांग गुडुंग मायाको भेल,छातीमा बर्से पछि
बाँध बाध्न डोरीले कसिरा "छु आजको दिन
जब तिमि टाढा बन्यौ, देहको दुरी संग मेरो
मनमन्दिरमै हजुरलाई राखीरा"छु आजको दिन
सम्झनामा हजुरकै बसिरा"छु आजको दिन
राग रङ्ग हजुरकै घसिरा "छु आजको दिन
सीता सुबेदी "प्रकृति"
२०६६/१०/०६
No comments:
Post a Comment