Sunday, January 3, 2010

अजिब मान्छे म |

रसिला नयन तिम्रा,
शायद ,
त्यस भित्र कतै पिडा थियो |
जुन म निरिह मेरा मन ले अनुभूत गर्दै थिए |
तर त्यति थाहा हुँदा हुँदै पनि
न म तिम्रो लागि केहि गर्न सक्थे ?
न त तिमीलाई न्यानो पनको
अनि आफ्नै आफन्तको आवास दिन सक्थे?

त्यो मेरो आफ्नो विवसता हो
अनि,
मेरो मनको निरीहता हो
चाहे सक्ने कस्तो मान्छे म?
तर चाहना नगरिदिने
कसैकोलागी सोची दिए पनि हुने नि
तर
म आफै भित्र कुडिएको मान्छे
शायद,
त्यसैले आफैलाई भन्छु "म"
अजिब "प्रकृति"को मान्छे म |||
सीता सुबेदी "प्रकृति"
२०६६/०९/२०

No comments:

Post a Comment

अतिथिहरु