Friday, January 1, 2010

के गरम ??

बाहिर ठिक्क भित्र छुरा, हान्नेलाई के गरम?
मुखले ठिक्क मनका कुरा, जान्नेलाई के गरम?

शायद अरुको दुखमा प्रिया खुशी हुन्छ्यौ भने
माया बुझ्न नसकेर, छान्नेलाई के गरम?

मैले बुझ्न तिम्रो खुशी जति प्रयास गरेपनि
मायामा यस्तै हुन्छ, भन्नेलाई के गरम?

यस्तै सोची आफ्नो बाटो लाग्छौ भने केहि छैन
यति माया दिंदा पराई, ठान्नेलाई के गरम?

बाहिर ठिक्क भित्र छुरा, हान्नेलाई के गरम?
मुखले ठिक्क मनका कुरा, जान्नेलाई के गरम?

सीता सुबेदी "प्रकृति"
२०६६/०९/१८

No comments:

Post a Comment

अतिथिहरु