Thursday, December 24, 2009

किनहोला ?

हिजोआज यतातिर, किनहोला आउन छाड्यौ ?
त्यति सारो चोखोमाया, किनहोला लाउन छाड्यौ ?

कोइलिले मिठो गीत, तिम्रै लागि गाएको थेयो
पिरतीको मिठो गीत, किनहोला गाउन छाड्यौ ?

कतिमिठो कल्पनामा, डुबुल्की मार्छु भन्दै
तर तिमि आज भोलि, किनहोला छाउन छाड्यौ ?

"प्रकृति"लाई एक्लै छाडी, कता भुल्यौ भन तिमि ?
मिठो मायाको सागर, किनहोला धाउन छाड्यौ ?
सीता सुबेदी "प्रकृति"
२०६६/०९/०८

No comments:

Post a Comment

अतिथिहरु