आज तिम्रो न्यास्रो लाग्यो, मुख हेर्न पाइन सानु |
खुशी हेर्ने धोको तिम्रो , सुख हेर्न पाइन सानु ||
न्यानो पनको आशा थियो, दिलमा तमासा थियो |
खुशी हेर्ने धोको तिम्रो , सुख हेर्न पाइन सानु ||
सम्झनाको कुरा थियो, दिलभित्र छुरा थियो ||
खुशी हेर्ने धोको तिम्रो , सुख हेर्न पाइन सानु ||
त्यसैले त रोदन बन्यो , मेरो पनि रोदन बन्यो |
खुशी हेर्ने धोको तिम्रो , सुख हेर्न पाइन सानु ||
सीता सुबेदी "प्रकृति"
२०६६/०९/०३
No comments:
Post a Comment