Tuesday, December 22, 2009

" गजल "

तिम्रो लागि पिडा जति, सहने छु बाबा मैले |
विश्वासको डोरी बाटन, कहने छु अब मैले ||

देह सबै तिम्रै खातिर, भित्र भित्रै सुकिरा छ |
अझै पनि अपुग सम्झे, दहने छु अब मैले ||

जोरीपारी हास्लान भनि, तिम्रो बचाउको लागि |
कोहि होइन भन्छौ भने, बहने छु अब मैले ||

चिता बनाइदिनु मेरो, अब मोह छैन भने |
तिम्रै खातिर संसारमा, रहने छु अब मैले ||

तिम्रो लागि पिडा जति, सहने छु बाबा मैले |
विश्वासको डोरी बाटन, कहने छु अब मैले ||

सीता सुबेदी "प्रकृति"
२०६६/०९/०८

No comments:

Post a Comment

अतिथिहरु