बिछोड संगै खुशी लुटयौ, अब किन हाँस्नु मैले ?
निरासाको जिन्दगीमा, अब किन हाँस्नु मैले ?
तिमी साथ थियौ र पो, म खुशी रहेको थिए
छाडी गयौ एक्लो जीवन, अब किन हाँस्नु मैले ?
पीडाको खातहरु, झोली भरि भएपछि
पिडा संगै आँसु लुकाई, अब किन हाँस्नु मैले ?
निको हुन खोज्छ घाउ, फेरी चर्चराउछ भित्र
रोदनको खास्टो ओडी, अब किन हाँस्नु मैले ?
सीता सुबेदी "प्रकृति"
२०६६/०८/२५
प्रकृतिजी का गजलहरु साह्रे सुन्दर रहेछन्। लेख्दै र राख्दै गर्नु होला है अझै।
ReplyDelete