आज फेरी बिहानीमा, हाँसो संगै खुशी साटे /
सम्झनामा छलांग मार्दै, हाँसो संगै खुशी साटे /
कुहिरो थियो बादलभित्र, मडारिदै आशाहरु/
प्रतिबिम्ब हात पार्दै, हाँसो संगै खुशी साटे /
तिमी पनि साथै थियौ, कल्पनामा कता- कता /
कल्पिएर बात मार्दै, हाँसो संगै खुशी साटे /
साथ हाम्रो जुनीभरि, संगै हुने कुरा थियो /
गगन लाई छात पार्दै, हाँसो संगै खुशी साटे /
आज फेरी बिहानीमा, हाँसो संगै खुशी साटे /
सम्झनामा छलांग मार्दै, हाँसो संगै खुशी साटे /
सीता सुबेदी "प्रकृति"
२०६६/०८/२५
No comments:
Post a Comment