पक्कै पनि तिमीले, माया गर्न सिकेछौ बल्ल
जुहारी खेल्दै मनमा, माया भर्न सिकेछौ बल्ल
आफन्त सम्झेरै होला मनले पनि तिम्रो आज
सहाराको साइनो खोज्दै नजिक सर्न सिकेछौ बल्ल
///////////
उमङ्ग मात्र भएर कहाँ भयो र जब तिमि नै नभए साथमा
फुल फुलेर मात्र कहाँ भयो र जब फुल संग रङ्ग नै छैन साथमा
वास्तबमै तिमि बिनाको जीवन कता कता एक्लो नै हो
मुटु रखिदियेछौ म संग अब तिमि मुटु बिना छैनौ साथमा
///////////
साइनो जोडेरै होला जोडीएछ मनको नाता पनि
समिप सम्झेरै होला छोडेर आएछु आफन्तहरु
तैपनि जतन गर्न गाह्रो छैन तिम्रो मायाको मुल्य
पिर नगर्नु तिम्रो मुटु सुरछित छ म संगै
सीता सुबेदी "प्रकृति"
२०६६/०८/२६
No comments:
Post a Comment