मन चोर्ने घाती हुन्छन, जानिराख
सत्यता तितै हुन्छन, मानिराख ||
अवसर को खोजि गर्ने, भन्दै गर्छन
जहाँ राम्रो त्यहिँ हुन्छन, छानीराख ||
जब तिमि गर्दैनौ केहि , आफ्नो लागि |
आफु बिना हुन्न केहि, ठानीराख ||
ढुंगाको भर माटो हुन्छ, माटो पनि
यस्तै भन्छ साथीलाई, धानीराख ||
तर तिमि यक्लै छाडी, बीच बाटोमै
छोडी भन्यौ मेरो कुरा, मानीराख ||
सीता सुबेदी "प्रकृति"
२०६६/०९/०८
No comments:
Post a Comment