दुख मात्र पर्दा तिमि, सम्झिन्छौ किन राजन ?
आँसु मात्र झर्दा तिमि, सम्झिन्छौ किन राजन ?
हाँसो खुशी तिम्रा लागि, उमङ्ग अन्तै बाडछौ |
आँसु मात्र झर्दा तिमि, सम्झिन्छौ किन राजन ?
जब तिम्रो बाटो साह्रो, एक्लीन्छौ मोडहरुमा |
आँसु मात्र झर्दा तिमि, सम्झिन्छौ किन राजन ?
काँडा बिज्छ ठेस लाग्छ, साहाराको आशा राख्दै |
आँसु मात्र झर्दा तिमि, सम्झिन्छौ किन राजन ?
दुख मात्र पर्दा तिमि, सम्झिन्छौ किन राजन ?
आँसु मात्र झर्दा तिमि, सम्झिन्छौ किन राजन ?
सीता सुबेदी "प्रकृति"
२०६६/०९/०२
No comments:
Post a Comment