जान नपाए साझमा, उनलाई फेरी गाह्रो हुन्छ /
कसैको साथ पनि ,उनलाई किन गाह्रो हुन्छ?
मैले भने प्रित सम्झी, राखे सधै दिल भित्र
हातेमालो मेरो माया, उनलाई किन छारो हुन्छ?
छाल सरि आउने माया, मलाई पनि आयो कि त
मुटुको सुल सम्झिने, उनलाई किन तारो हुन्छ?
मौसम सँग जवानीको, असल नाता हुँदो रैछ/
उमंगमा पिरतीको, उनलाई किन चारो हुन्छ?
सीता सुबेदी "प्रकृति "
२०६६/०८/२४
No comments:
Post a Comment