Monday, November 30, 2009

किन किन सम्झनामा रुने बानी परिसक्यो
मनको मैलो किनारमा, धुने बानी परिसक्यो

आँसुहरु सम्झनामा, बगिदिन्छन संधैभरी
राम्रो नराम्रो आफ्नै बारे, सुन्ने बानी परिसक्यो

तिमि मेरो सम्झनामा, बाँचीदिन्थेउ होला कति
आँसुहरु नएंन भित्रै , थुन्ने बानी परिसक्यो

सपनाको संसार त , आखिर झुट्टो हुँदो रैछ
साँचो जीवनको जालो, बुन्ने बानी परिसक्यो

भगवान पाउन गाह्रो, हुँदो रैछ कलियुगमा
ढुंगाको स्थापना, पुज्ने बानी परिसक्यो
सीता सुबेदी "प्रकृति"
२०६६/०८/१५

2 comments:

  1. एक दम राम्रो लाग्यौ है तपाईको यो गजल। राम्रा सब्दहरु रहेछन।

    ReplyDelete
  2. तपाइलाई धेरै धेरै धन्यबाद /

    ReplyDelete

अतिथिहरु