Sunday, November 29, 2009

गजल किन आज सपनीमा, तिमि फेरी भेट्न आयेउ?
यति सारो चोखो प्रित, आफ्नो सम्झी किन लायेउ ?

जानेर नजानेर, खोइ कसरी बस्न गयो
हृदयेको मन मित, आफ्नो सम्झी किन लायेउ?

पछ्याउदै मनका कुरा, कति गरु तिमि संग?
भावनाको साइनो दिन, आफ्नो सम्झी किन लायेउ?

पत्थर जस्तै मन थियो, बदलीयेउ खोइ कसरी?
काँडालाई फुल भनि, आफ्नो सम्झी किन लायेउ ?

छोडी जानु रैछ प्रित, एक्लो आफु बनाएर
संगैको साथ भनि , आफ्नो सम्झी किन लायेउ?
सीता सुबेदी "प्रकृति " २०६६/०८/१५

No comments:

Post a Comment

अतिथिहरु