आज आफ्नै देश पनि, खाली लाग्न थालिसक्यो /
हाम्रा देशका नेताहरु, जाली लाग्न थालिसक्यो /
अन्धो भक्त भई हिड्ने, नेपालीको बानी हेर
नबुज्दै अन्जानमा , ताली लाग्न थालिसक्यो /
भ्रस्टचारले देश सबै , भित्र भित्रै खाइसक्यो
भ्रस्टको देश भनेर , रयाली लाग्न थालिसक्यो /
देशको लागि भन्दा, आफु आफ्नो हेर्न थाले
आत्म सम्मान कमि भई, गाली लाग्न थालिसक्यो
आज आफ्नै देश पनि, खाली लाग्न थालिसक्यो /
हाम्रा देशका नेताहरु, जाली लाग्न थालिसक्यो /
सीता सुबेदी "प्रकृति"
२०६६/०८/१७
No comments:
Post a Comment