आँसु पिउछु तिम्रो लागि, हाँसो दिने कोसिस गर |
खुशी जिउछु तिम्रो लागि, नासो दिने कोसिस गर //
एक्लै थिए जिन्दगीमा, आयौ तिमि हाँसो बाड्न |
आँसु पिउछु तिम्रो लागि, हाँसो दिने कोसिस गर //
मरुभूमि बन्दै थियो, पत्थर जस्तै कडा जीवन |
आँसु पिउछु तिम्रो लागि, हाँसो दिने कोसिस गर //
भन्दै तिमि हात समायौ, सबै खुशी लुटाइदिन्छु |
आँसु पिउछु तिम्रो लागि, हाँसो दिने कोसिस गर //
एस्तै जंघार हरु तर्दै, तिम्रो लागि पिडा सहें |
आँसु पिउछु तिम्रो लागि, हाँसो दिने कोसिस गर //
सीता सुबेदी "प्रकृति"
२०६६/०८/२९
यो गजल भएन मित्र ! कृपया गजलका बारेमा थुप्रै कुराहरु तपाईंले बुझ्नु आवश्यक छ ।
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteराम्रो भाव। हुन त म गजल कहिल्यै पनि लेखेको छैन, तपाईको सबै गजल र कबिताहरु पठे। सुन्दर लेख्नु हुदो रहेछ। लेख्दै राख्नु होला। गजल नसही कबिता भनेर बुझे वा मनको बहाब भनेर बुझ्दा हुन्छ। मलाई जान्न मन लागेको कुरा यहाँ नेर के भने। तपाईको गजलको शिर्षक चाहिँ कहि पनि देख्दिन नि। सुन्दर भावको लागि धन्यवाद
ReplyDeleteहुन त मलाई गजलको नियम धेरै थाहा छैनन् \ बुझ्न चाहेकी पनि हुँ | समयको पावन्दी संगै लेख्ने प्रयास गरेकी हुँ | सुझाब को लागि धन्यबाद //
ReplyDelete