आँसु थियो नयनभरि, पिडा थियो मुटुभरि //
घाउ थियो चरचराउने, घृणा थियो मुटुभरि//
कुरा थियो अस्मिताको, जोगाउने समाजमा
घाउ थियो चरचराउने, घृणा थियो मुटुभरि //
मुटु साटे आफ्नो सम्झी, स्वार्थमा पो रैछौ तिमि
घाउ थियो चरचराउने, घृणा थियो मुटुभरि//
अब एक्लै बाँच्ने चाह, उसको खातिर पलाईराछ
घाउ थियो चरचराउने, घृणा थियो मुटुभरि//
खिल भा"छ हृदयमा, मुहार हेर्ने मोह छैन
घाउ थियो चरचराउने, घृणा थियो मुटुभरि//
सीता सुबेदी "प्रकृति "
२०६६/०८/२८
वाह!! सीता जी साह्र गजब रहेछन्।
ReplyDelete