Sunday, November 29, 2009

बाँच्न गाह्रो मलाई हुने, कस्तो रैछौ तिमी?
जिउन सारो मलाई हुने, कस्तो रैछौ तिमी?

एकान्तमा कता -कता याद मात्रै आउछ
जिउन सारो मलाई हुने, कस्तो रैछौ तिमी?

कति आउछौ सपनीमा, घरि घरि सताउन
जिउन सारो मलाई हुने, कस्तो रैछौ तिमी?

अँधेरी यो रात भरि, जुनकिरीको ज्योति छर्दै
जिउन सारो मलाई हुने, कस्तो रैछौ तिमी?

भो अब बिछोडमा, रुमल्लिन मन छैन
जिउन सारो मलाई हुने, कस्तो रैछौ तिमी?
सीता सुबेदी "प्रकृति "
२०६६/०८/०७

1 comment:

अतिथिहरु