सम्झनामा बात मार्ने, कुरा के भयो?
सपनामा रात टार्ने, कुरा के भयो ?
अलि अलि कल्पनामा, रहंदै पो नजिक हुने
छिमेकि भै छात सार्ने, कुरा के भयो ?
अन्योल थिए म पनि, एक्लै हिड्दा खेरि
गाउ पुग्न पुल तार्ने, कुरा के भयो ?
जे होस् तिमि संग, भेट भयो दोबाटोमा
उसको बाटो लगार्ने, कुरा के भयो ?
अब हामी जिउनु पर्छ, संग संगै जिन्दगीमा
दुइटा मुटु एउतै पार्ने, कुरा के भयो?
सीता सुबेदी "प्रकृति "
२०६६/०८/१
No comments:
Post a Comment